नवौं राष्ट्रिय खेलकुद: पुरुष बास्केटबलमा आर्मी र गण्डकीको सहज जित

पाेखरा | असोज ३१, २०७९

नवौं राष्ट्रिय खेलकुद:  पुरुष बास्केटबलमा आर्मी र गण्डकीको सहज जित

 

पोखरा । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ सोमबार भएको खेलमा आर्मी र गण्डकी विजयी भएको छ । पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत  समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरको हो । आर्मी र पुलिस क्लबबिच भएको खेलमा आर्मीले पुलिसलाई  १०६–८२ स्कोरले पराजित गरेको हो ।


खेलको पहिलो सेटमा २६–२९ स्कोर र दोस्रो , तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिङ जर्सी न ४ ले  सर्वाधिक ३२ अकं ल्याएका थिए ।


त्यस्तै समुह ‘ए’ तर्फको दोस्रोे खेलमा बागमतीले  प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए । 


आजनै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ‘ए’ तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको छ ।


त्यस्तै आज नै सम्पन्न समुह ‘बि’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो । आज दिउँसो ‘फाइभ अन फाइभ’ अन्तर्गत समुह ‘बि‘ का दुई खेलहरु हुँदै छन ।
 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्